आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा भीषण असिनापानी (तस्बिरहरु)

आइतबार, ०८ फागुन २०७८, १८ : १३
आइतबार, ०८ फागुन २०७८

आइतबार पोखरामा भीषण असिनापानी परेको छ । असिनापानीले पोखराको सडक अवरुद्ध बन्न पुग्यो ।  न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले टपक्कै छोपेको थियो भने यातायात अवरुद्ध हुन पुग्यो ।  असिनाले जनजीवन साथै व्यापार व्यवसाय पनि प्रभावित भएको छ ।

यसरी असिना परेको पहिलो पटक थाहा पाएका स्थानीय थम्मन ठकुरीले बताए । असिना पानीले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा क्षति पुगेको छ । असिना पानीले अवरुद्ध मानिसहरु बाटोमै अलपत्र परेका थिए । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताए । 

आलु, रायोलगायतका तरकारी बाली लगाएको जमिनमा केको खेति थियो भन्ने नै नदेखिनेगरी असिनाको खात लागेको देखिन्छ । 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरालगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परिरहेको मौसमविद्हरुले बताएका छन् । अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप