मछिन्द्र फुटबल क्लबका कप्तान सुजलले अन्तिम खेल गुमाउने
सहिद स्मारक ए डिभिजन लिग–२०७८ विजेता मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले अन्तिम खेल गुमाउने भएका छन् । दुई खेलअघि नै लिग च्याम्पियन भएको मछिन्द्रले अन्तिम खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबको चुनौती पेस गर्दैछ ।
तर कप्तान सुजलले भने लिगको समापन तथा पुरस्कार वितरण हुने अन्तिम खेल गुमाउने भएका हुन् । लिगमा लगातार दुई खेलमा पाएको पहेंलो कार्डका कारण सुजल अन्तिम खेलमा निलम्बनमा हुनेछन् । शनिबार थ्रीस्टारविरुद्ध प्राप्त १(० को जितमा विपक्षी खेलाडीसँग ठोक्किन पुग्दा सुललले पहेंलो कार्डको सामना गरेका थिए । प्राप्त पेनाल्टी सदुपयोग गरेपछि थ्रीस्टारका गोलरक्षक प्रिसोसँग ठोक्किन पुग्दा सुजललाई रेफ्री प्रकाशनाथ श्रेष्ठले कार्ड देखाएका थिए ।
प्रतियोगिताको नियमावलीअनुसार दुई पहेंलो कार्डको सामना गरेपछि एक खेल निलम्बनमा परिनेछ । यसअघि सुजलले जावलाखेलविरुद्ध ७७ औं मिनेटमा पहेंलो कार्ड पाएका थिए । सुजल मछिन्द्रलाई लगातार उपाधि जिताउँदा टोलीका महत्वपूर्ण सदस्य हुन् । उनले मनाङ मर्स्याङ्दीमा रहँदासमेत दुई पटक लिगको उपाधि उचालेका छन् ।
सुजलसँगै अजरबैजानका अट्याकरसमेत रहेका नुर्लान जाहिद नोम्रुजोभले समेत खेल गुमाउनेछन् । उनीसमेत दोहोरो कार्डका कारण निलम्बनमा हुनेछन् । जारी लिगमा १२ खेलबाट ३२ अंक बनाएको मछिन्द्रले आफ्नो अपराजित यात्रा कायम गरेको छ । अन्तिम खेलमा समेत मछिन्द्र अपराजित यात्रा कायम राख्दै लिगको ट्रफी उचाल्ने योजनामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने