शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ सञ्जय दत्तको फिल्म ‘तुलसीदास जुनियर’को  ट्रेलर

आइतबार, ०८ फागुन २०७८, १७ : ५५
आइतबार, ०८ फागुन २०७८

स्वर्गीय अभिनेता राजीव कपुर, अभिनेता सञ्जय दत्त र बाल कलाकार बरुण बुद्धदेव अभिनित फिल्म ‘तुलसीदास जुनियर’ को ट्रेलर सार्वजनिक भएको छ ।  ४ मार्चमा रिलिज हुने फिल्म १३ वर्षका एक केटाको कथामा निर्माण भएको हो । जसले स्नुकर खेलमा आफ्नो बुबाको हारको बदला लिन्छन् ।

भुषणकुमार र आशुतोष गोवारिकरले मिलेर निर्माण गरेका फिल्म २०२२ को प्रतीक्षित फिल्म मध्ये एक बताइएको छ । गुलशन कुमार र टी सीरीजको प्रस्तुति रहेको फिल्मको निर्माण संस्था आशुतोष गोवारिकर प्रोडक्सन रहेको छ ।

फिल्मका निर्माता भुषणकुमार, कृष्णकुमार, आशुतोष गोवारिकर र सुनिता गोवारिकर हुन्, भने लेखन तथा निर्देशन मृदुल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप