बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अर्धवार्षिक समीक्षाले अर्थतन्त्रमा चुनौती कायमै राख्छः चेम्बर

आइतबार, ०८ फागुन २०७८, १७ : ३८
आइतबार, ०८ फागुन २०७८

नेपाल चेम्बर अफ कमर्शले चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षाले अर्थतन्त्रको चूनौति कायमै राख्ने बताएको छ । मौद्रिक नीतिमाथि ढिलो प्रतिक्रिया दिँदै चेम्बरले चूनौति कायमै राख्ने गरी राष्ट्र बैंकले मौद्रिक समीक्षा गरेको जनाएको हो ।

आयात हुने कतिपय वस्तुहरुमा एलसीबाट हुने कारोबारमा शतप्रतिशत नगद मार्जिन राख्ने प्रावधानले व्यावसायीक क्षेत्रलाई चुनौती सिर्जना गरेको छ । मुलुकको अर्थतन्त्रलाई उकास्न आयातलाई व्यवस्थित गरि निर्यात प्रवर्द्धन गर्नुपर्नेमा त्यसको उल्टो बाटोमा राष्ट्र बैंक हिँडेको चेम्बरले उल्लेख गरेको छ ।

बैंक वित्तिय संस्थाले निक्षेपमा दिने व्यजदर वृद्धिले ऋणको ब्याजदर अस्वभाविक बढ्न गई थप चुनौती सिर्जना गर्ने र यसबाट समग्र व्यवसायिक क्षेत्र आक्रान्त बनेको चेम्बरले जनाएको छ । नेपाल चेम्बर अफ कमर्सले विगतमा  दोहोरो अंकको आर्थिक वृद्धि गर्नका लागि एकल दरको ब्याजदर कायम गरिनुपर्ने तर्फ जोड दिँदै आएको अध्यक्ष मल्लको भनाइ छ ।

कोभिडको महामारीले प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि बैंकहरुले आधारदरमा एक्कासी गरेको ३ देखि ४ प्रतिशतको वृद्धि तत्काल घटाउन पनि चेम्बरले आग्रह गरेको छ । बैंकहरुको आधारदर घटाउन पहल गर्न राष्ट्रबंैक समक्ष पटक पटक लिखित र मौखिक सुझाव दिदा समेत सुनुवाई नभएको प्रति चेम्बरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

कोभिड–१९ महामारीको त्रासकाबीच चलमलाउन थालेको अर्थतन्त्रलाई मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षाले आर्थिक गतिविधि प्रभावित हुने देखिएको समेत अध्यक्ष मल्लले बताए । उत्पादनमूलक उद्योगमा कम ब्याज दरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने नीतिले औद्योगिकरणमा सहयोग पुग्ने देखिए पनि चेम्बरले उठाउ“दै आएको निजी क्षेत्रको माग सम्बोधन नहुंदा व्यापार व्यवसाय एवं लगानी प्रभावित हुने देखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप