जिल्ला न्यायाधीशको परीक्षामा ३ जनामात्रै उत्तीर्ण
जिल्ला न्यायाधीशको परीक्षामा ३ जनामात्रै उत्तीर्ण भएका छन् । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले गरेको नतिजा प्रकाशनअनुसार ३ जनामात्रै उत्तीर्ण भएका हुन् । उत्तीर्ण हुनेमा चन्द्र पोखरेल, ओमबहादुर सोडारी र भुवन गिरी रहेका छन् ।
उत्तीर्ण भएकाहरुको अन्तरवार्ता फागुन २९ गतेका लागि तोकिएको छ । १८ जना न्यायाधीशका लागि परीक्षामा २१२ जना सहभागी भएकामा ३ जनामात्रै उत्तीर्ण भएका हुन् । अर्थात आवश्यक १५ कोटा अझै खाली हुने भएको छ । आजको बैठकमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, वरिष्ठतम् न्यायाधीश मीरा खड्का, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खातीको उपस्थिति रहेको थियो ।
यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएका तीनवटा बैठक कानुनमन्त्री, वरिष्ठतम् न्यायाधीश र महान्यायाधिवक्ताले बहिष्कार गर्दा कोरम नपुगेर स्थगित हुने गरेको थियो ।
यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय