मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

न्याय सेवा आयोगको बैठक सुरू, सबै सदस्य उपस्थित

आइतबार, ०८ फागुन २०७८, १६ : ४०
आइतबार, ०८ फागुन २०७८

न्याय सेवा आयोगको बैठक सुरू भएको छ । बैठकमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, वरिष्ठतम् न्यायाधीश मीरा खड्का, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खातीको उपस्थिति रहेको छ ।

यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएका तीनवटा बैठक कानुनमन्त्री, वरिष्ठतम् न्यायाधीश र महान्यायाधिवक्ताले बहिष्कार गर्दा कोरम नपुगेर स्थगित हुने गरेको थियो । आजको आयोगको बैठकले यसअघि लोकसेवा आयोगमार्फत लिइएको जिल्ला न्यायाधीश पदको नतिजा प्रकाशन गर्ने काम गर्नेछ । त्यसलगत्तै मौखिक परीक्षाका लागि अन्तरवार्ताको मिति तोक्ने काम आयोगको बैठकले गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप