शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी टेबल भएपछि माधव नेपालले भने– पास गर्न समर्थन हुँदैन

आइतबार, ०८ फागुन २०७८, १५ : ५२
आइतबार, ०८ फागुन २०७८

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी टेबल भएपछि पास गर्न आफूहरुको समर्थन नरहने बताएका छन् ।  आइतबार प्रतितिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका पास गर्ने पक्षमा नरहेको बताएका हुन् । नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’

यस्तै सो पार्टीमा सम्मानित नेता झलनाथ खनालले अमेरिकाका कारण सिंगो नेपाल र नेपाली जनता विभाजित भएको बताएका छन् ।   ‘अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भयो । सडकमा आन्दोलन चलिरहेको छ’, खनालले भने, ‘मान्छेका टाउको फुटिरहेका छन् । यहाँ संसद पनि विभाजित भएको छ ।’ नेता खनालले यसरी देशलाई विभाजित गरेर एमसीसी टेबल गर्नु लज्जास्पद विषय भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप