शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

दीपाश्रीलाई एफ.एल.एफ.विशेष सम्मान

आइतबार, ०८ फागुन २०७८, १५ : ३४
आइतबार, ०८ फागुन २०७८

निर्देशक दीपाश्री निरौला एफ.एल.एफ.विशेष सम्मानबाट सम्मानित भएकी छन् । पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ले ‘एफएलएफ अवार्ड २०७८’ बाट सम्मान गरेका हुन् । लिम्बु भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो लगायतको सम्मान गर्ने उदेश्यले आयोजित नेपाल चलचित्र विकास बोर्डमा अवार्डमा लिम्बु फिल्म ‘थिम’ ले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गरेको छ । 

लिम्बु म्युजिक भिडियोतर्फ निर्देशक सागर केरुङ, गायक संगम लिम्बु, गायिका मिलन नेवार, नायक (मोडल) विशाल सेनेहाङ, नायिका (मोडल) रुपा आङबुहाङ, गीतकार विष्णु इङनाम, संगीतकार संगम लिम्बु र छायाङ्कनमा इशक जबेगुले अवार्ड प्राप्त गरे ।

त्यस्तै नव नायकमा सन्जिब थेबे र नव नायिकामा विमला खजुम, गायक जिवन केदेम, गायिका मनु नेम्वाङ, नायक (मोडल) भीम थेबे, नायिका (मोडल) लक्ष्मी योङहाङ, गीतकार रिता ठूली फोम्बो, संगीतकार तेज मेन्याङबो, छायाङ्कनकार युवराज राई र निर्देशनमा हाङ चेम्जङले पनि अवार्ड थापे ।

वर्षको सबैभन्दा बढि म्युजिक भिडियो निर्देशन गर्ने उत्कृष्ट एवम् सफल (ब्रेक थ्रो) अवार्ड निर्देशक लोकेन साँबाले प्राप्त गरे भने उत्कृष्ट भिडियो आन्छि मिम आफाल्ले मेसिनेन, उत्कृष्ट संस्कृति भिडियो मुकुम्लुङ, डायसपोरा अवार्ड हेमराज अन्छाङ्बो, एप्रिसिएसन अवार्ड नरेश लिम्बु र उत्कृष्ट मातृभाषा गायनमा डिआर हाङसरुम्बाले हात पारे । 

फाल्गुनन्द लिङदेन फिल्मस् आयोजक रहेको कार्यक्रममा यासेली योङहाङ र बिनोद सेरेङले जुरी सम्मान प्राप्त गरे । कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट निर्माता निर्देशक तथा गायक हस्त लिबाङलाई प्रदान गरिएको थियो । मिलन नेवार, रुकसना लिम्बु, विशाल सेनेहाङ, नुमा शेर्पा, मनिषा राईको प्रस्तृति कार्यक्रममा रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप