मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

विद्यार्थीहरूका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ आयोजना हुँदै

आइतबार, ०८ फागुन २०७८, १५ : २९
आइतबार, ०८ फागुन २०७८

विद्यार्थीहरूका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रम आयोजना हुने भएको छ । गैर आवासीय नेपाली संघ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीले कार्यक्रम आयोजना गर्न लागेको हो । आइतबार शिक्षा पत्रकार समूह र गैरआवासीय नेपाली संघ अमेरिकाले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमको घोषणा गरिएको हो । यसमा स्नातक तह अध्ययनरत अमेरिका र नेपाल दुवै देशका विद्यार्थीहरु सहभागी हुन पाउने छन् ।

‘दोस्रो ड्रिम विगच्यालेन्ज–२०२२’ कार्यक्रमका संयोजक एवं साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीका अध्यक्ष डा. माधव पाण्डेले नेपाल र अमेरिकामा रहेका विद्यार्थीहरुलाई समूहगत प्रतिस्पर्धा गराइने जानकारी दिए । विद्यार्थीहरुमा ‘क्रिटिकल थिङ्किङ’को विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको डा. पाण्डेले बताए । प्रतिस्पर्धामा समूह कार्यबाट सिकाइ आदानप्रदान हुने, एक अर्कामा सांस्कृतिक ज्ञान र अन्तरघुलन हुने, सिकाइ सीपसिक्ने अवसर पाउने अपेक्षा राखिएको उनको भनाइ छ ।

दुवै देशमा अध्ययनरत विद्यार्थीलाई संयुक्तरुपमा प्रतिस्पर्धा गराएर प्रथमलाई तीनहजार, दोस्रोलाई दुई हजार र तेस्रोलाई एक हजार अमेरिकी डलर प्रदान गर्ने संघका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए । यस अघिको च्यालेन्जमा अमेरिकामा विद्यालयतहमा अध्ययनरत विद्यार्थी मात्रै सहभागी गराइएको थियो ।

यसपटक भने स्नातक तहका र नेपालका विद्यार्थीलाई पनि सहभागी गराउन लागिएको हो । प्रतिस्पर्धामा  एक मिलियन डलर पाएमा त्यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भनेर विद्यार्थीहरुले आफ्नो योजना र अवधारणा प्रस्तुत गर्नुपर्ने जनाइएको छ ।

जसमाविद्यार्थीहरु समूहमा बसेर कामगर्ने र समूहमै ‘आइडिया’ प्रस्तुतगर्ने डा. पाण्डेले जानकारी दिए । यस प्रतिस्पर्धामा सहभागी हुन स्नातक तहमा जुनसुकै संकायमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो नाम, ठेगाना, कलेजको नामसहित [email protected] मा इमेलमार्फत् आउँदो मार्च २० भित्रआवेदनदिन सक्नेछन् । त्यसपछि दुईसय शब्दमा प्रतिस्पर्धामा सहभागी हुनुको कारण, आफ्नो योजना र आइडियासहितको लेखन दुई हप्ताभित्र पठाउनु पर्नेछ ।

सोही लेखनका आधारमा आवेदक मध्येबाट १०० विद्यार्थी छनोट गरिनेछ । यसरी छानिएका दुबै देशका विद्यार्थीहरुलाई २५ समूहमा राखी प्रतिस्पर्धा गराइनेछ । छानिएका विद्यार्थीलाई विज्ञबाट प्रशिक्षित गराइनेछ । अप्रिल ३० भित्र आफ्नो योजनालाई लिखित रुपमा बुझाउनुपर्ने छ । अन्त्यमा मे २८ र २९ मा समूहका प्रत्येक सदस्यलाई जुममार्फत् योजना प्रस्तुत गर्न लगाई विजेता घोषणा गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप