एमसीसी विवाद : नेप्सेमा ३९ अंकको पहिरो
आइतबार, ०८ फागुन २०७८, १५ : २५
अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएकै दिन यसको प्रभाव सेयर बजारमा परेको छ । आइतबार सेयर बजार परिसूचक नेप्सेमा ३९ अंकमाथिको पहिरो गएको छ ।
साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन बजार खुलेको केही छिनमै ओरालो लाग्न थालेको नेप्से अन्तिम समयसम्म ३९ दशमलव ४० अंकले घट्दै २६ सय ९३ दशमलव १० अंकमा अडिएको हो ।
त्यसो त यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४ दशमलव ९९ अंकले घटेर ५१३ दशमलव ६४ अंकमा झर्न पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज नेप्सेका सबैजसो उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । तर, आज युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लि.को सेयर मूल्य भने सर्किट लाग्ने गरी बढेको छ ।
झण्डै ४० अंकले घटेको बजारमा आज ४ अर्ब ८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार