शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा पनि एमसीसीको पक्षमा !

आइतबार, ०८ फागुन २०७८, १५ : २२
आइतबार, ०८ फागुन २०७८

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रति आफ्नो पार्टीको पनि समर्थन रहेको जिकिर गरेका छन् । संसद बैठकपछि रातोपाटीसँग कुरा गर्दै नेता यादवले टेबल गर्नका लागि पार्टी सहमत हुनु भनेको नै एमसीसीप्रति समर्थन जनाउनु रहेको बताए । उनले भने, ‘संसदमा एमसीसी टेबल गर्नका लागि जसपाले समर्थन जनाएको हो, अब त्यसलाई पास गराउन पनि सहयोग गर्नुपर्छ ।’ एमसीसी नेपालको हितमा रहेको र नेपालमा हुने विकासलाई कसैले पनि अवरुद्ध गर्न नहुने तर्क गर्दै उनले एमसीसी पास गराउन आफ्नो पूरा समर्थन रहने बताए ।

पार्टीले पनि एमसीसी पास गराउनका लागि पुरा शक्ति लगाउनुपर्ने बताउँदै उनले यस विषयमा नेताहरुको बीचमा छलफल भइरहेको बताए ।
तर सोही पार्टीका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहले रणनीतिक रुपमा संदनमा एमसीसी टेबल गर्न सहमति जनाए पनि त्यसलाई पास गर्न के गर्ने नगर्ने विषयमा पार्टीमा छलफल हुन बाँकी रहेको बताए । 
जसपा नेपालमा एमसीसीका विषयलाई लिएर दुईवटा मत छ । संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई एमसीसी पास हुनुपर्ने पक्षमा छन् भने पार्टीका अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा छन् । यद्यपी यसको बारेमा पार्टीको कुनै आधिकारिक धारणा आएको छैन । 

पार्टीका कार्यकारिणी सदस्य इस्तियाक राईले एमसीसीको बारेमा पार्टीले चाँडै निर्णय गर्नुपर्ने भन्दै अन्यथा पार्टीका सांसदहरु आआफ्नो तरिकाबाट अगाडि बढ्ने बताए । पार्टीका अधिकांश सांसद एमसीसीको पक्षमा भएको दावी गर्दै यसको बारेमा पार्टीको आधिकारीक धारणा आउनुपर्ने उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप