बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीले रणभूमि बन्यो बानेश्वर (फोटोफिचर)

आइतबार, ०८ फागुन २०७८, १५ : ०४
आइतबार, ०८ फागुन २०७८

सरकारले एमसीसी संसद्‍मा टेबल गरेसँगै आन्दोलन थप चर्किँदै गएको छ । केही दिनदेखि संसद्‍मा एमसीसी टेबल नगर्न दबाब दिँदै आन्दोलन भए पनि सोको सुनुवाइ नभए एमसीसी टेबल भएपछि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको छ । 

प्रतिनिधिसभाको आइतबार दिउँसो १ बजेपछिको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसद्‍मा टेबल गराए । लगत्तै आक्रोशित बनेका आन्दोलनकारीले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काएका हुन् । उनीहरूले चर्का नाराबाजी गर्दै निषेधित क्षेत्रमा प्रदर्शन थालेपछि प्रहरी हस्तक्षेप भएको छ भने सो क्रममा दर्जनौँ घाइते भएको बताइएको छ । प्रदर्शन गर्नेमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठनसहित साना कम्युनिस्ट घटकहरू पनि रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप