सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भयो : विष्णु रिजाल

आइतबार, ०८ फागुन २०७८, १४ : ४७
आइतबार, ०८ फागुन २०७८

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सत्तारुढ दलमा द्वैध चरित्र देखिएको भन्दै कटाक्ष गरेका छन् । उनले  ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको बताउँदै  एमसीसीमा सहमति गरेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको सत्तामा बसिरहने लालचबाहेक अरु केही नभएको उल्लेख गरिएको छ । 

‘एमसीसी प्रकरणमा सत्तारुढ दलको द्वैध चरित्र र ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकातिर आफ्ना भ्रातृ संगठनलाई काला ब्यानर बोकाएर सडकमा उतार्ने, पार्टीका बैठकमा एमसीसी पारित गरिनु हुन्न भनेर निर्णय गर्ने अनि अर्कातिर अमेरिकासँग ‘चार–पाँच महिनामा पारित गर्छौं’ भनेर लिखित कागज गर्ने र दृश्य–अदृश्य बैठकबाट एमसीसीलाई सदनमा पेश गर्न ‘सर्वसम्मत हुने’ विरोधाभाषी र निर्लज्ज निर्णय गर्नु जसरी पनि सत्तामा बसिरहने लालचबाहेक केही होइन ।’

सत्तारुढ गठबन्धनसँग बहुमत भएकाले एमसीसी पेश गर्न र पारित गर्न मिल्ने भएपनि आफैँ पेश गर्ने र आफैँ विरोध गरेर दुनियाँ हँसाउन भने नमिल्ने उनको भनाइ छ ।  उनले एमसीसीको विरोध गर्नेले हिम्मत भए राजीनामा दिएर देखाउन उनले चुनौति समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप