बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

झलनाथको प्रश्न : एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ?

आइतबार, ०८ फागुन २०७८, १८ : ००
आइतबार, ०८ फागुन २०७८

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाका कारण सिंगो नेपाल र नेपाली जनता विभाजित भएको बताएका छन् ।  आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल भएपछि नेता खनालले एमसीसीका कारण नेपाल र नेपाली जनता दुई भागमा विभाजित भएको प्रतिक्रिया दिएका हुन् ।  

‘अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भयो । सडकमा आन्दोलन चलिरहेको छ’, खनालले भने, ‘मान्छेका टाउका फुटिरहेका छन् । यहाँ संसद पनि विभाजित भएको छ ।’ नेता खनालले यसरी देशलाई विभाजित गरेर एमसीसी टेबल गर्नु लज्जास्पद विषय भएको बताए । ‘एउटा नाथे आर्थिक सम्झौता नै हो भने एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ? कतिपय मानिसहरु यहाँ एमसीसीमा निहुरिएका छन् यो लज्जास्पद विषय हो’, खनालको भनाइ छ । 

उनले आफ्नो हाम्रो पार्टीको हिजो बसेको स्थायी कमिटीको बैठकले एकमतले यथास्थितिमा एमसीसी अघि नबढाउने भनेर निर्णय गरेको पनि बताए । साथै एमसीसीमा विवाद भएपछि पार्टी बैठकमा थप निर्णय गर्ने समेत बताए । विवादपछि पार्टीले सरकार छोड्छ ? भन्ने प्रश्नमा खनालले भने, ‘पार्टीको बैठक बसेर सरकार यस विषयमा छलफल हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप