प्रख्यात ब्राण्ड बन्दै स्वाडल नेपाल
भर्खरै जन्मिएका बच्चाहरुका लागि गुणस्तरीय सामान बिक्री गर्दै आइरहेको ‘स्वाडल नेपाल’ छोटो समयमै प्रख्यात ब्राण्ड बन्दै गइरहेको छ । स्वाडलले उच्चस्तरका सामानहरुको आयात गर्दै ग्राहकहरुलाई अनलाइन मार्फत सेवा दिदैं आएको छ । यसले विशेषगरी भर्खर जन्मिएका बच्चादेखि पाँच वर्ष मुनिका बालबालिकाको लागि लक्षित सम्पूर्ण आवश्यक सामग्रीहरु उपलव्ध गराउँदै आएको छ ।
बजारमा बालबालिकाका गुणस्तरीय सामानको अभाव परिपूर्ति गर्ने उद्देश्यका साथ स्वाडल नेपाल स्थापना भएको हो । अहिले कम्पनीले आयात गर्ने स्वाडल, रोम्पर, सुइटर, मोजा, जुत्ता लगायतका अन्य सामग्रीहरु ग्राहकको विशेष रोजाईमा परेका छन् । साथै, साइज र रङ तथा अन्य कुनै समस्या भएको खण्डमा गुनासो सुन्ने तथा सामान साट्ने सुविधासमेत उपलव्ध छ । करिव डेढ वर्षमा नै यसका २ हजार बढी ग्राहक रहेका छन् ।
भविष्यमा स्वाडल नेपाल बालबालिकाहरुको सामाग्रीका लागि ‘एक स्टप प्लेटफर्म’ बन्ने विश्वास गरिएको छ । यो कम्पनीले एउटा समर्पित ग्राहक सेवा केन्द्र राख्दै ‘इ. कम्मेल’ बनाउने योजना पनि बनाएको छ । साथै, गुणस्तरीय उत्पादनहरु नेपालमै तयार गर्ने योजना रहेको जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२४ मा भारतमा भित्रियो १ खर्ब २९ अर्ब डलर रेमिट्यान्स
-
विकासमा पनि राजनीतिकरण भयो
-
हचुवामा योजना छान्ने प्रवृत्ति
-
जयपुरमा केमिकल बोकेको ट्याङ्कर विष्फोट, ३० भन्दा बढी गाडीमा आगलागी, चार जनाको मृत्यु
-
आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
मुग्लिन–पोखरा सडक : पश्चिम खण्ड विस्तार गर्न दोस्रो पटक म्याद थप