राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मकवानपुरको २९ वटा विद्यालय छनौट
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मकवानपुरका २९ वटा विद्यालयहरु छनौट भएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरमा २९ विद्यालयले अनुदान पाएका हुन् । सरकारले चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आइसीटी ल्याब स्थापना, प्राविधिक ल्याब स्थापना र भवन निर्माणका लागि मकवानपुरका २९ वटा विद्यालय छनौट गरेको हो ।
छनौटमा परेका विद्यालयहरुमध्ये शैक्षिक सुधारका निमित्त आइसीटी ल्याब स्थापनाका लागि २८ वटा, प्राविधिक ल्याब स्थापना गर्न एक र भवन निर्माण गर्नका लागि एक विद्यालयहरु छर्नाट भएका छन् । सरकारले सो कार्यका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रहेर विद्यालयहरुलाई अनुदानको व्यवस्था गरेर हो ।
छनौट भएका विद्यालयहरु मध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालय रहेका छन् । जिल्लाका १० वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तहका विद्यालयहरु अनुदानमा समेटिएका छन् भने जिल्लाकै विकट राक्सिराङ गाउँपालिकाका कुनैपनि विद्यालयलका लागि अनुदान स्वीकृत भएको छैन ।
सरकारले हेटौंडाको आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रलाई चार कोठे भवन निर्माण गर्न ३६ लाख रुपैयाँ अनुदान दिइने भएको छ । त्यस्तै सरकारले हेटौंडाकै प्रगति मा.वि, महेन्द्र किरण मा.वि, महेन्द्र मा.वि, जनजागृति मा.वि, बालबोध मा.वि, ज्योति मा.वि, अमर मा.वि र अरनिको मा.विलाई आइसीटी ल्याब स्थापना गर्न सरकारले अनुदान दिने भएको छ ।
यी सबै विद्यालयले ६ लाख ५० हजार रुपैयाँका दरले सरकारले अनुदान रकम उपलब्ध गराउने छ । मकवानपुरको कैलाश गाउँपालिकाको एक मात्र कालिका मा.वि, इन्द्रसरोबर गाउँपालिकाको पञ्चकन्या मा.वि, मनहरीको युवा वर्ष आधारभूत विद्यालय अनुदानका लागि छनौट भएका छन् ।
बागमती गाउँपालिकाको देवकी मा.वि, सूर्य मा.वि र जनता मा.वि गरी ३ वटा विद्यालयले आइसीटी ल्याब बनाउन अनुदान पाउने छन् ।
बकैया गाउँपालिकाको कर्म प्राप्ति मा.वि, महेन्द्र मा.वि, बुद्ध मा.वि, बाघ भैरव मा.वि, कालिका मा.वि, कालीदेवी मा.वि गरी ६ वटा विद्यालयहरु अनुदानका लागि छनौट भएका छन् ।
थाहा नगरपालिकाको बागेश्वरी मा.वि, सुनौला मा.वि, इन्द्रायणी मा.वि, स्वच्छन्द भैरव मा.विले गरी ४ वटा विद्यालयले आइसीटी ल्याब बनाउन ६ लाख ५० हजार रुपैयाँका दरले अनुदान रकम पाउने छन् ।
मकवानपुरगढी गाउँपालिकाको प्राविधिक शिक्षालय पनि सञ्चालन गर्दै आएको बंशगोपाल मा.विले भने प्राविधिक ल्याब बनाउन १० लाख रुपैयाँ अनुदान रकम पाउने भएको छ भने जनक मा.विले आइसीटी ल्यावको लागि अनुदान पाउने भएको छ ।
भीमफेदी गाउँपालिकाको लेकाली बसीफाँट विद्यालयले आइसीटी ल्याब स्थापनाका लागि अनुदान पाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या