आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र काँग्रेसको बलजफ्ती लोकतन्त्रको नाङ्गो उपहास : नारायणकाजी श्रेष्ठ

आइतबार, ०८ फागुन २०७८, १२ : ००
आइतबार, ०८ फागुन २०७८

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्वतन्त्र वातावरणमा गम्भीर छलफल र बहस बिना एमसीसी निर्णय प्रक्रियामा लगिनुले लोकतन्त्रकै उपहार भएको बताएका छन् । उनले यो कार्यलाई प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेसबाट लोकतन्त्रको नाङ्गो उपहास भएको पनि बताएका छन् । 

‘प्रमुख प्रतिपक्षद्वारा संसद अवरोधको स्थितिमा कुनै पनि सामान्य विधेयक वा प्रस्ताव समेत संसदमा पेश नभई रहेको अवस्थामा दुरगामी महत्वको राष्ट्रियतासँग सम्बन्धित एमसिसी कम्प्याक्ट सम्झौता संसद अवरोध जारी रहेकै अवस्थामा संसदमा निर्णय प्रक्रियामा लैजाने गरी अघि बढाउन कसरी मिल्छ ?’ उनले आक्रोश पोखेका छन्, ‘ स्वतन्त्र वातावरणमा गम्भीर छलफल बहस बिना निर्णय प्रक्रियामा लगिनु लोकतन्त्रको उपहास मात्र हुन्छ । प्रम र नेकाको यो बलजफ्तिलाई राष्ट्रघातको निम्ति लोकतन्त्रको नाङ्गो उपहास बाहेक अरु के भन्न सकिन्छ र ?’

अहिलेसम्म बैदेशिक सहायता सम्बन्धी कुनै पनि सम्झौता नेपालको संसदमा पेश नगरिएको अवस्थामा एमसीसी कम्प्याक्ट सम्झौता मात्र किन संसदमा पेश गर्ने भन्ने प्रश्न जन्मिएको पनि उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप