आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८३ ‘च’ जारी गर्दै राष्ट्र बैंक

आइतबार, ०८ फागुन २०७८, १२ : ४३
आइतबार, ०८ फागुन २०७८

नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८३ ‘च’ जारी गर्ने भएको छ । पाँच वर्षका लागि जारी हुने उक्त ऋणपत्र आइतबार सार्वजनिक बोलकबोल मार्फत लगानीकर्ता छनोट हुने बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आइतबार अपराह्न ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्र भने भोलि सोमबार निष्काशन हुने बैंकले जनाएको छ । 
प्रतिस्पर्धात्मक प्रणालीबाट ऋणपत्र बाँडफाँड हुने भनिएपनि कुल ऋणपत्रको ८५ प्रतिशत अर्थात् ८.५० अर्ब खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाटै र बाँकी रहेको १५ प्रतिशत अर्थात् १.५० अर्ब ऋणपत्र भने विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जानकारी दिएको छ । 

ऋणपत्र बोलवालाले कबोल गरेको ब्याजरदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्म कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदरमा कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋण उपलब्ध गराउने बैंकले जनाएको छ । 

तर लगानीकर्ताहरुले घटिमा ५० हजारदेखि बढीमा कुल निष्काशन रकमको सीमामा नबढाई ५० हजारले निःशेष भाग जाने रकमसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याज भने बैंकले छ÷छ महिना अर्थात् अर्धवार्षिक रुपमा प्रदान गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप