एमसीसी टेबुल गर्ने सहमतिबारे पार्टीमा सल्लाह भएको छैन : नारायणकाजी श्रेष्ठ
आइतबार, ०८ फागुन २०७८, १२ : ०५
![एमसीसी टेबुल गर्ने सहमतिबारे पार्टीमा सल्लाह भएको छैन : नारायणकाजी श्रेष्ठ](https://rpcdn.ratopati.com/media/albums/narayan_kaji_narayankaji_iCWYSqRmlY.jpg)
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति गरेको थियो । तर, सत्तारुढ दल माओवादी केन्द्रका नेता श्रेष्ठले भने यसबारे पार्टीमा कुनै छलफल नभएको उल्लेख गरेका छन् ।
‘एमसीसी संसदमा टेबुल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन । हाम्रो विरोध कायमै छ,’ श्रेष्ठले भने । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई १२५ करोड भारु पुरस्कार
-
राइड सेयरिङलाई अङ्कुश लगाउने यातायात कार्यालय कास्कीको निर्णय आपत्तिजनक : पठाओ नेपाल
-
राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी धिरेन्द्र झा समूह
-
१० बजे, १० समाचार
-
सिंहको स्वास्थ्य अवस्था बुझ्न चाक्सीबारी पुगे देउवा
-
सुदूरपश्चिममा १ खर्ब ४० अर्ब कर्जा प्रवाह