बागमती प्रदेश विकास बैंकको संयोजकमा रमेश रिजाल र सहसंयोजकमा ज्योति प्रकाश अर्याल चयन
डेभलपमेण्ट बैंकर्स एसोसियसनको बागमती प्रदेश च्याप्टर अन्तर्गत बागमती प्रदेश विकास बैंक फोरमको गठन भएको छ । विकास बैंकका बागमती प्रदेश प्रमुखहरुको उपस्थितीमा सम्पन्न भएको उक्त भेलाले गरिमा विकास बैंकका काठमान्डौ क्लस्टर प्रमुख रमेश रिजाललाई संयोजक र मुक्तिनाथ विकास बैंकका काठमान्डौ कलस्टर प्रमुख ज्योतिप्रकाश अर्याललाई सहसंयोजकमा सर्वसम्मत चयन गरेको छ ।
उक्त प्रदेश विकास बैंक फोरमको सदस्यमा ज्योति विकास बैंकका दिलिपराज बराल, कामना सेवा विकास बैंकका नितेश अर्याल, लुम्बिनी विकास बैंकका विनिता माथेमा, महालक्ष्मी विकास बैंकका प्रकाश घिमिरे रहेका छन् । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकका भानुभक्त रिमाल, सांग्रिला डेभलपमेन्ट बैंकका दिपेन्द्र सुवेदी, सिन्धु विकास बैंकका प्रमोद न्यौपाने र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सन्तोष राज ज्ञावाली छन् ।
नवनिर्वाचित संयोजक रिजालले बागमती प्रदेश भित्र रहेका सम्पुर्ण विकास बैंकका साझा व्यवसायीक समस्या र चुनौतिलाई संस्थागत रुपमा सम्वोधन गर्न नेपाल राष्ट्र बैंक, डेभलपमेण्ट बैंकर्स एसोसियन तथा अन्य नियमनकारी निकायहरुमा समन्वय गरिनुका साथै आगामी दिनहरुमा विकास बैंकहरुलाई थप बलियो र सबल बनाई अघि बढने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व मुख्यसचिव जोडिएको अन्तःशुल्क भ्रष्टाचारमा सजाय निर्धारण
-
एनपीएल खेल्न आइपुगे न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिल
-
सफल विद्यार्थी कसरी बन्ने ?
-
महेन्द्रनारायण निधि विपन्न आवास योजनामा अनियमितता
-
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत सङ्ग्रह : प्रचण्ड
-
सुदूरपश्चिम रोयल्सको ट्राभल पार्टनरमा राइका