२०२१ मा मानवअधिकार उल्लङ्घनका घटना : ६ हजारभन्दा बढी व्यक्ति पीडित
सन् २०२१ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रकाशन मानव अधिकार वर्ष पुस्तक २०२२ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पुस्तक विमोचन गरेका हुन् ।
मानव अधिकार उल्लङ्घनका घटनामा ५२ महिला र ५ सय १० पुरुष गरी जम्मा ५ सय ६२ जना तथा ज्यादतीका घटनामा ५ हजार १ सय ६३ जना महिला र ५ सय ६० जना पुरुष गरी जम्मा ५ हजार ७ सय २३ जना पीडित भएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिए ।
यो वर्ष यातनाका घटनामा तीन जना, गिरफ्तारीका घटनामा ३५ जना, जातीय विभेदका घटनामा २८ जना, अमानवीय व्यवहारका घटनामा २४ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ३ सय ६३ जना र धम्कीका घटनामा ३६ जना र कुटपिटका घटनामा २ सय ६६ जना पीडित भएको अभिलेख छ । सन् २०२१ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ४ सय १६ जना, बालअधिकार उल्लङ्घनका घटनामा १ हजार ५ सय २२ जना बालबालिका पीडित भएको अभिलेख छ ।
इन्सेकका कार्यकारी निर्देशक गौतमकाअनुसार यस वर्ष राज्य पक्षबाट ६ जनाको हत्या भएको र यातनाका घटनामा ३ जना, गिरफ्तारीका घटनामा ३५ जना, जातीय विभेदका घटनामा २८ जना, अमानवीय व्यवहारका घटनामा २४ जना पीडित भए । त्यस्तै, भेला तथा सङ्गठित हुने अधिकारमा ३ सय ६३ जना, धम्कीका घटनामा ३६ जना, कुटपिटका घटनामा २ सय ६६ जना पीडित भएका छन् ।
सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले परिवारबाटै महिलाको हत्या हुनु र कतिपय घटनालाई गुपचुप गर्नु, हिंसाका घटनामा मिलापत्र भइरहनुलाई दुःखद् रहेको जिकिर गरे । उनले हिंसा र विभेदको न्यूनीकरणका लागि आर्थिक विकास र समृद्धिमा जोड दिए ।
घरेलु कामलाई आर्थिक गणनामा राख्नुपर्ने उल्लेख गर्दै दाइजो प्रथाका कारण महिला हिंसाका घटना हुँदै आएको र आत्महत्याका नाममा परिवारबाट हत्या भएका घटनाको प्रहरीबाट राम्रोसँग अनुसन्धान नगरिएको उजुरी आयोगमा आएको अध्यक्ष मगरले जानकारी दिए ।
इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकमा १ सय १२ जना महिलाको हत्या परिवारजनबाट भएको उल्लेख छ । त्यसैगरी दाइजोका कारण ६ जनाको हत्या र १० जना गम्भीर प्रकारका घरेलु हिंसाबाट पीडित भएको उल्लेख छ । इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२० मा मानव अधिकार उल्लङ्घनको घटनामा ५ हजार ५ सय ४३ जना पीडित थिए । इन्सेकले सन् १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन