आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

आइतबार, ०८ फागुन २०७८, ११ : ३२
आइतबार, ०८ फागुन २०७८

 मकवानपुरको हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । कान्ति लोकपथ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार बिहान २ बजेको समयमा हेटौंडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल तिव्र गतिका कारण दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल  चालक हेटौंडा–१५ फायरलाईन बस्ने २५ वर्षीय बिक्रम वाईबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

तिब्र गतिमा रहेको उक्त मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको उनले बताए । दुर्घटनामा गम्भीर घाइते वाइबाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको उनले बताए ।

त्यस्तै दुर्घटनामा मोटरसाईकलमा सवार सोही स्थान बस्ने  ३१ वर्षीय रमेश बल घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप