भक्तपुरमा टिप्परको ठक्करबाट बालिकाको मृत्यु
आइतबार, ०८ फागुन २०७८, १० : ४७

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ मा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बा.४ ख.७३५२ नम्बरको टिप्परको ठक्करबाट काभ्रेको महाभारत गाउँपालिका–२ घर भएकी ८ वर्षीया विनिता मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले रातोपाटीलाई बताए ।
शनिवार साँझ टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो । बालिकाका बुवा आमा सुडालस्थित बिएम इट्टा–भट्टामा काम गर्छन् । बालिकालाई ठक्कर दिने टिप्पर चालक भक्तपुर नगरपालिका–८ स्थित जेला बस्ने २७ वर्षीय राजेश कुश्मालाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त
-
एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा
-
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह