राप्रपामै रहने प्रवासी नेपाली एकता समाजको निर्णय
राप्रपाबाट कमल थापा बाहिरिएपछि प्रवासी नेपाली एकता समाजको बैठक बसेर मूल प्रवाहमै रहने निर्णय भएको छ । समाजका अध्यक्ष प्रेम कुमार श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा पार्टीभित्र सामान्य असहमति देखिनासाथ टुटफुट, विभाजनमा गइहाल्ने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्ने भन्दै आफूहरु पार्टीको मूलधारमा रहने प्रतिवद्धता विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायतका राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको हाम्रो नेपाल हामी नेपाली अभियान औपचारिक रुपमा राप्रपामा समायोजन भएकाले प्रवासी नेपाली एकता समाजको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समितिहरुमा उक्त अभियानलाई समाहित गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्