एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु
सत्ता गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । संसदमा विचाराधीन एमसीसी प्रस्ताव टेबल गर्नका लागि सहमति जुटाउने प्रयास स्वरुप सत्ता गठबन्धनको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन् । गठबन्धन बैठकअघि प्रधानमन्त्री देउवाले आफू निकट नेताहरुसँग आन्तरिक छलफल गरेका थिए ।
एमसीसीका बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा फरक फरक धारणा रहेको छ । काँग्रेस जसरी पनि एमसीसी टेबल गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र संशोधन बिना एमसीसी टेबल हुन नसक्ने पक्षमा रहेको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टी टेबल गर्न दिने तर पारित गर्न नसघाउने पक्षमा हुँदा जसपामा पनि दुई धार रहेको छ। यस्तै राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विपक्षमा रहेको छ ।
यस्तो पृष्ठभूमिमा एमसीसी टेबलका लागि प्रयासस्वरुप देउवाले गठबन्धनको बैठक बोलाएका हुन् । गठबन्धनमा सहमती हुन सके आजै संसद बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्रीको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती