जावलाखेल र हिमालयन तथा मनाङ र एनआरटी भिड्दै
आइतबार, ०८ फागुन २०७८, १० : २०

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछ । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिउँसो एक बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीको लक्ष्य शीर्ष छ मा टुंगाउने हुनेछ र दुबैको योजना जित रहेको छ ।
जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा छ । हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा छ । साँझ पौने ५ बजे सुरु हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटी आमुने सामुने हुनेछन् ।
लिग मछिन्द्र फुटबल क्लबले जितिसकेको कारण मनाङको लक्ष्य शीर्ष दुईमा रहने हुनेछ । एन आर टी तालिका सुधार गर्न चाहन्छ । मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा छ । एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म