बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विवाह बन्धनमा बाँधिए फरहान र शिवानी

आइतबार, ०८ फागुन २०७८, ०९ : २५
आइतबार, ०८ फागुन २०७८

अभिनेता तथा निर्देशक फरहान अख्तर र गायिका शिवानी दान्डेकर विवाहको बन्धनमा बाँधिएका छन् । दुई जनाले शनिबार पिता जावेद अख्तरको खण्डालास्थित फार्म हाउसमा विवाह गरेका हुन् ।

शुक्रबार राति जोडीको संगीत समारोह थियो । रिपोर्टका अनुसार विवाहमा उनीहरूको परिवारका सदस्य, नजिकका साथीका साथै बलिउडबाट आलिया भट्ट, रितेश सिधवानी, ऋतिक रोशन, आमिर खान, डिनो मोरिया र राकेश ओमप्रकाश मेहरा लगायत सेलिब्रिटी समेल थिए । 

फरहान र शिवानी करिब ४ वर्षदेखि सम्बन्धमा थिए । र लिभ इनमा बस्दै आइरहेका थिए । केही समय लुकाएपछि दुवैले सन् २०१८ मा आफ्नो सम्बन्धबारे खुलासा गरेका थिए । फरहानको शिबानीसँग दोस्रो विवाह हो । यसअघि उनले हेयर स्टाइलिस्ट अधुनासँग विवाह गरेका थिए । उनको दुई जना छोरी पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप