मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा एक घरमा आगलागी

आइतबार, ०८ फागुन २०७८, ०९ : १३
आइतबार, ०८ फागुन २०७८

गुल्मीको मुसिकोट नगरपालिकाका घरमा गए राती आगलागी भएको छ ।  जिल्लाको मुसिकोट नगरपालिका– ४ हलोगाढे बारुखा हलोगाडेका शिक्षक गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

मुसिकोट माविका शिक्षक बाबुराम शर्माले गए राति नै प्रहरी आए पनि क्षतिको पूर्ण विवरण आई नसकेको बताए । उनका अनुसार करिब २० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले धनमाल क्षति भए पनि मानवीय र चौपायाको क्षति नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप