मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

एनआरएनए निर्वाचन नरोकिने दावी

आइतबार, ०८ फागुन २०७८, ०८ : १३
आइतबार, ०८ फागुन २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ताहरुले मार्च महिनाको तेस्रो साता तय गरिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने दावी गरेका छन् । गैरआवासीय नेपाली संघको मार्च २१ र २२ तारिख तय गरिएको निर्वाचनको तयारीको लागि बद्री केसी पक्षले शनिवार राति आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले संघको निर्वाचन हुन ढिला हुँदा अभियान नै गम्भीर दुर्घटना उन्मुख हुन लागेको भन्दै चिन्ता व्यक्त गरे ।

गैरआवासीय नेपाली संघको गत अक्टोवरको लागि तय भएको १० औं महाधिवेशन पटकपटक रोकिएपछि संघका अभियान्ताहरुले संघलाई विघटनको दिशामा लैजान खोजिएको भन्दै आक्रोश व्यक्त गरे ।

 करिब ४० देशका राष्ट्रिय समितिका अध्यक्षहरुको उपस्थिती रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले ६१ देशका महाधिवेशन प्रतिनिधि कटौती गर्न लागेकोप्रति असन्तुष्टी व्यक्त गरे ।

 कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा। बद्री केसीले संघको निर्वाचनको प्रकृया अघि बढी सकेको बताउँदै उच्चस्तरीय समितिका दुई जना सदस्य निर्वाचन रोक्न लागि परेको आरोप लगाए ।

उनले उच्चस्तरीय समितिका सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि विवाद मिलाउने बाहेक अन्य म्यान्डेट नभएको बताए । उच्चस्तरीय समितिका सदस्यहरु म्यान्डेटभन्दा बाहिर गएर मिलाउन भन्दा समस्या बल्झाउने दिसामा लागेको नियत रहेको बताए ।

उनले संघको अभियान गिजोलिएको बताउँदै संघको अभियानलाई अन्डरमान्ड नगर्न अनुरोध गरे । उनले कुल आचार्य समूहले आफ्नो पक्षमा भोट नआउने देशका महाधिवेशन प्रतिनिधिलाई तारो बनाएर हटाउन खोजेको बताए ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले संघको निर्वाचन प्रकृयामा परराष्ट्मन्त्रालयले हद भन्दा बाहिर गएर हस्तक्षेप गरेको कारणले बाध्य भएर पाटन उच्च अदालतमा जानुपर्ने बाध्यता आएको बताए । उनले अदालतले चुनाव गराउन वर्तमान कार्यसमितिमा पूर्णअधिकार दिए पछि अध्यक्ष कुमार पन्तले सबै पक्षलाई समेटेर चुनाव बनाउन चाहनु भएको कारणले निर्वाचन गर्न ढिलाई भएको बताए । 

संघका प्रवक्ता डिबी क्षेत्रीले विभिन्न बाहना बनाएर संघको विवादलाई लम्बाएर चुनाव हुन नदिने षड्यन्त्र भैरहेको बताए । उनले संघभित्र विवाद  नीतिको होइन नियतिको भएको बताए । उनले मध्यपूर्व लगायतका देशमा प्रतिनिधि कटौतीको प्रस्तावले विखण्डनको दिसामा गैरआवासीय नेपाली संघको अभियानमा लैजाने बताए ।

उनले प्रतिनिधि कटौतीको प्रस्ताव आउनु नै दुर्भाग्यपूर्ण  भएको बताए । क्षेत्रीले सहमतिको आधारमा नयाँ नेतृत्व छान्न सकिने तर्क गरे । गैरआवासीय नेपाली संघका सल्लाहकार टिबी कार्कीले उच्चस्तरीय समिति गठन प्रकृया नै त्रुटिपूर्ण रहेको बताए । 

गैरआवासीय नेपाली संघ अफ्रिया क्षेत्रीय संयोजक रोशन थापाले संघको जनमतमाथि प्रहार भएको बताए । उनले संघका पूर्वअध्यक्ष शेष घले समूहले संघको अस्तित्व माथि नै आँच आउने गरि गतिविधि अघि बढाएको बताए । उनले अफ्रिका क्षेत्रका प्रतिनिधि कटौतीको प्रस्ताव गरिनु अधिनायकबाटको चरण रुप भएको बताए । उनले यस्ता दुष्कर्म नगर्न समेत चेतावनी दिए ।

 संघका सचिव गौरी राज जोशी र रामशरण सिमखडाले संचालन गरेको कार्यक्रममा संघका विभिन्न देशका एनआरएनए अध्यक्षहरुले आ-आफ्नो भनाईहरु राखेका थिए ।

कार्यक्रममा केसी प्यानलतर्फबाट उम्मेदवार रहेका उपाध्यक्षहरुमा हेमराज शर्मा, महेश श्रेष्ठ, डीबी क्षेत्री, धर्मराज अधिकारी, रोशन थापा, र यास्मिन बेगम सैयद, महासचिव गौरीराज जोशी, सचिव अजिब गुरुङ ओम, महिला सचिव राधिका गुरुङ टीका, सचिव रामशरण सिंखडा र चिरञ्जिवी घिमिरे,  सहकोषाध्यक्ष नारायण सुवेदी  यमुना भट्टराई, युवा संयोजक मिलन छन्त्याल र महिला संयोजक संगीता मरहठ्ठा  लगायतको उपस्थिती थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप