जथाभावी फालिएका चुरोटका ठुटा उठाउन कागलाई तालिम
मानव जातिले अत्यधिक फोहर सृजना गरेको छ, जसका कारण सम्पूर्ण ग्रहलाई एउटा समस्या बनेको छ । निश्चिय नै फोहर पन्छाउने अनगिन्ति विधि छन् । फोहरको प्रकृतिअनुसार पुनः नविकरण, पुनःप्रयोग र अन्य विधिबाट यसको व्यवस्थापन गरिन्छ ।
फोहर व्यवस्थापनकै कुरा गर्दा हामीले फोहरलाई डस्टबिनामा फाल्ने जस्तो आधारभूत कुरामा प्रर्याप्त ध्यान दिँदैनौै । सार्वजनिक स्वास्थ बिग्रनु, ढल थुनिनु र अन्य समस्या उत्पन्न हुनुको प्रमुख कारण फोहरलाई सार्वजनिक स्थानमा जलाउने अभ्यास पनि हो ।
डस्टबिनमा फोहर जाओस भनेर सुनिश्चिता गर्न विश्वभरका सहरहरुले विभिन्न तरिकाहरु अप्नाएका छन् । तर, आफ्नो क्षेत्राधिकार भित्र उत्पन्न सम्पूर्ण फोहरलाई पूर्ण रुपमा संग्रह गरेको कुनै पनि सहरले दाबी गर्न सक्दैनन् ।
जथाभावी फालिएका फोहर उठाउने प्रयासस्वरुप सडकमा फालिएका चुरोटका ठुटा उठाएर थुप्र्याउन स्वीडेनमा एउटा कम्पनीले कागलाई तालिम दिइरहेको छ ।
कोरभिड क्लिनिङले सार्वजनिक गरेको एउटा भिडियोमा कागले ठुटा उठाएर डस्टविनमा फालेको देख्न सकिन्छ । अझै बढी फोहर उठाउनका लागि उत्प्रेरित गर्न पुरस्कारस्वरुप कागलाई बदाम वितरण गरिएको छ । तर, कागले ठुटाहरुको सट्टा पातलगायत अन्य चिज डस्टबिनमा राखे के हुन्छ ? यस्तो अवस्थामा उनीहरुलाई बदाम दिइन्न ।
‘ढुंगा र पातहरु जस्ता विषयबाहेकका फोहर राख्न डस्टबिनले सुझाव दिनेछ । फोहर उठाउने कार्यमा काग उनीहरुको इच्छा बमोजिम धेरैभन्दा धेरै वा थोरै समय सहभागी हुन सक्नेछन् । र, मानिसहरुको संलग्नता भनेको डस्टबिनलाई रित्याउनु र खानेकुरा फेरि भर्नु हो,’ कोरभिड क्लिनिङले आफ्नो वेबसाईटमा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन