सिटीमाथि स्पर्सको नाटकीय जीत
आइतबार, ०८ फागुन २०७८, ०७ : १४
ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि साबिक विजेता म्यानचेस्टर सिटी टोटनहम हटस्पर्ससँग पराजित भएको छ । शनिबार राति भएको खेलमा स्पर्स ३-२ गोलले विजयी भएको हो ।
खेलमा डेजान कुलुभेस्कीले स्पर्सलाई चौथो मिनेटमा नै अग्रता दिलाएका थिए । तर ३३ औँ मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा केनले पुनः सिटीलाई अग्रता दिलाए । स्पर्स जीततर्फ अघि बढिरहेका बेला इन्जुरी समयमा सिटीले पेनाल्टी पायो । जसलाई रियाद महारेजले गोलमा परिणत गरे ।
तर, ९५ औँ मिनेटमा केनले गोल गर्दै स्पर्सलाई जीत दिलाए । योसँगै लिगमा स्पर्सको लगातार हारको शृङ्खलामा पूर्णविराम लागेको छ । २६ खेलपछि शीर्ष स्थानमा रहेको सिटीको ६३ अङ्क रहेको छ भने २३ खेल खेलेको स्पर्सको ३९ अङ्क रहेको छ । स्पर्स लिगको सातौँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर र दीक्षान्तलाई १२औँ स्पिड पावर तेक्वान्दोमा स्वर्ण
-
यूकेमा सरिनालाई स्वर्ण
-
सहारा क्लबले उत्पादन गरेका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
-
माओवादीद्वारा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आह्वान
-
सुप्रिम सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई थुनामा पठाउने आदेश
-
‘दुई दलीय व्यवस्थाको कुरा गर्नेहरू दुष्ट मतिका हुन्’