आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

मधेशमा प्रदेशमा ७ हजारभन्दा बढी मावनअधिकार हननका घटना

शनिबार, ०७ फागुन २०७८, २२ : ०७
शनिबार, ०७ फागुन २०७८

मधेश प्रदेशमा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीको ७ हजारभन्दा बढी घटना भएको सार्वजनिक गरिएको छ । मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिबार जनकपुरमा एक कार्यक्रमबीच सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा सन् २०२१ मा मधेश प्रदेशमा ७ हजार ५८ वटा घटना मानवअधिकार उल्लंघनसँग जोडिएको उल्लेख छ ।

उक्त पुस्तकमा अपहरणका २४, पक्राउका ३, महिला अधिकार उल्लंघनमा २ सय २८, बाल अधिकार उल्लंघनमा २२३ घटना भएको उल्लेख छ ।  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिकीकरण उच्च अदालत जनकपुरधामका न्यायाधीश हरिप्रसाद बंगालेले गरेका हुन् ।

कार्यक्रममा मधेश प्रदेशसभाका सांसद मञ्जु यादव न्यायालय स्वतन्त्र हुन नसकेको बताइन् । मधेश प्रदेशमा जातिय छुवाछुत, बोक्सी आरोप, कुटपिटलगायतका घटनामा वृद्धि हुदै गरेकाले यसतर्फ राज्यका निकायहरु गम्भिर हुन जरुरी रहेको सांसद यादवको भनाइ थियो  । राजनीतिक नियुक्तिका कारणले गर्दा न्यायालय स्वतन्त्र नभएको उनको भनाइ थियो । 

इन्सेकका मधेश प्रदेश प्रमुख राजु पासवानले मानव अधिकारको क्षेत्रमा मधेश प्रदेशमा ७५८ ओटा घटना भएको बताए । सार्वजनिकीकरण कार्यक्रममा २०२१ मा मानव अधिकार अभिलेख र पैरवीमा प्रदेशमा उत्कृष्ट कार्य गर्ने रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमिल्सिनालाई ७ हजार नगदसहित पुरस्कृत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप