मधेस प्रदेशमा अब २२ जिल्ला समेटिनुपर्छ : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले २२ वटा जिल्लालाई समेटेर एक मधेस प्रदेश बनाउन संघर्ष गर्ने बताएका छन् । नेता महतोले अहिलेसम्म भएका आन्दोलनहरु ८ वटा जिल्ला समेटेर निर्माण गरिएको मधेस प्रदेशका लागि नभएको बताए । शनिबार जटहीमा आयोजित लोसपा नगराइन नगर अधिवेशनमा बोल्दै पूर्वमन्त्री समेत रहेका महतोले मधेश आन्दोलन अधिकार प्राप्तिका लागि भएको समेत जिकिर गरे ।
महतोले भने, ‘हामीले २२ वटा जिल्लाका लागि अधिकार प्राप्तिका लागि आन्दोलन गरेका थियौँ, न कि ८ जिल्लाका लागि मात्रै ।’ तर अहिले ८ वटा जिल्ला समेटेर निर्माण गरिएको मधेश प्रदेशलाई उपलब्धी कै रुपमा लिनुपर्ने उनले बताए ।
वरिष्ठ नेता महतोले पहिचान र अधिकारका लागि अहिले पनि संघर्ष जारी रहेको बताए । उनले भने, ‘हामीले स्वायत्त प्रदेशका लागि लडाई गरेका थियौँ, तर अधिकारविहिन प्रदेश पाएका छौँ, पूर्ण अधिकार प्राप्तिका लागि अझै पनि संघर्षको आवश्यकता रहेकाले संघर्ष जारी नै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी लगानीका लागि ‘सुरक्षित र आशाजनक भूमि’ रहने चीनको प्रतिज्ञा
-
स्रोत नखुलेको ७ लाख रकमसहित एक जना पक्राउ
-
हिउँपहिरोमा दुई जना बेपत्ता
-
दादुराका कारण अमेरिकामा दोस्रो बालकको मृत्यु
-
अमेरिकामा बालिकाहरूमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले हान्यो गोली
-
भारत नेपालमा गणतन्त्रको पक्षमा छ : सभापति देउवा