शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

शनिबार, ०७ फागुन २०७८, २० : ४१
शनिबार, ०७ फागुन २०७८

धनुषास्थित पूर्व–पश्चिम लोकमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने ४२ वर्षीय रामबहादुर गोले मगरको मृत्यु भएको हो । उनको लालगढस्थित मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

धनुषाधाम नगरपालिका ६ मा शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ज १२ प १६७२ र विपरित तर्फबाट आइरहेको बा ७४ प ७५३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । सो दुर्घटनामा परी ज १२ प १६७२ नम्बरका मोटरसाइकल चालक गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

मृतक मगरको शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए । दुर्घटनामा बा ७४ प ७५३९ नम्बरका मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका ५ बस्ने २४ वर्षीय अभिषेक घिमिरे पनि घाइते भएका छन् । उनको उपचार ढल्केबरस्थित एक नीजि स्वास्थ्य उपचार केन्द्रमा भइरहेको प्रहरी निरीक्षक सुवेदी बताए । दुर्घटनामा परेका दुबै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप