कमल थापाले बोलाए केन्द्रीय समितिको पहिलो बैठक
शनिबार, ०७ फागुन २०७८, २० : २८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको पहिलो केन्द्रीय समितिको बैठक बोलाएका छन् । शनिबार औपचारिक रुपमा पार्टी घोषणा भएसँगै आइतबारका लागि थापाले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
राप्रपा नेपालका नेता लाक्पा तामाङले धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको जानकारी दिए । बैठकमा पार्टीको संगठनात्मक संरचना, आगामी रणनीति, समसामयिक विषय लगायतमा छलफल केन्द्रीत हुने बताइएको छ ।
राप्रपा नेपालको केन्द्रीय कमिटी हाल ६१ जनाको रहेको छ । निर्वाचन आयोगले कमल थापाको नेतृत्वमा पार्टी रहेको भनि अध्यावधिक गरिसकेको छ । राप्रपा परित्याग गरेसँगै लाक्पा तामाङले कमल थापालाई नेतृत्व दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँस सम्मेलनको तयारी पूरा
-
किन २४ घण्टे स्पष्टीकरणमा परे कुलमान ?
-
बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकको ७ बुँदे निर्णय
-
कर्णालीमा मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा लागेको निषेधाज्ञा अन्त्य हुँदै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)