शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो : कोइराला

शनिबार, ०७ फागुन २०७८, १९ : ५६
शनिबार, ०७ फागुन २०७८

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् । नेपाली काँग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उनले एमसिसी परियोजना नेपालको हितमा रहेको भन्ने कुरालाई जनतालाई बुझाउनुपर्नेमा जोड दिए ।

कोइरालाले नेपालको विकास निर्माण तथा गरिबी निवारण गरी लोकतन्त्रलाई बलियो बनाउनु परियोजनाको लक्ष्य रहेको उल्लेख गर्दै एमसिसी आउँदैमा मुलुकमा विदेशी सेना आउने  यसको कुनै पनि बुँदामा उल्लेख नभएको प्रष्ट पारे । उनले एमसिसी रु ६३ अर्बको परियोजनाले मुलुकको विद्युत् ट्रान्समिसन लाइनको विस्तारसँगै सडक तथा पूर्वाधारको निर्माणलाई बढावा दिनु रहेको बताए । उनले अनुदान लिने नाममा जे कुरालाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको प्रष्ट पारे ।

नेपाली काँग्रेस वडा नं ९ का सभापति अनुजा कोइराला, महानगरपालिकाका सभापति दीपक चापागाईँ, क्षेत्र नं ६ (ख) का सभापति मधुबाबु तिवारी, महाधिवेशन प्रतिनिधि निरञ्जन रिजाल तथा समाजसेवी नारायणप्रसाद श्रेष्ठ लगायतले प्रजातन्त्र प्राप्तिका लागि योगदान दिने सहिदहरूको सपनालाई पूरा गर्न नेता तथा कार्यकर्ता जनताको समृद्धिका लागि जुट्नुपर्ने बताए । नेता कोइरालाले मुटुरोग विशेषज्ञ डा.राजीव श्रेष्ठलाई पार्टीमा स्वागत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप