बेग्लाबेग्लै स्थानमा भएका घटनामा ७ जनाको मृत्यु
निरङ्कुश जहानियाँ राणा शासनबाट मुलुकलाई मुक्त गरिएको खुसियालीमा आज राजा त्रिभुवनलाई सम्झँदै देशभर उल्लासका साथ ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहँदा राष्ट्रका विभिन्न भागमा भवितव्य, आगलागी, सडक दुर्घटना, जुवातास खेल्नेजस्ता असामाजिक गतिविधि र आपराधिक घटना भएका समाचार प्राप्त भएका छन् ।
पर्सा, सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुर, मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ ठुलो खोल्सीस्थित सडक, सुनसरी, दुहबी नगरपालिका–८ कदमगाछी, मोरङको जहदा गाउँपालिका–६ पोखरिया, इलामको सूर्योदय नगरपालिका–३ तिनखुट्टेस्थित सडक र सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ मा भएका सडक दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ बितलबका १८ वर्षीय किशोरले आफ्नै ५२ वर्षीय बुवाको हत्या गरेको, उदयपुरमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको, जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट १६ जना पक्राउ परेका, चितवनको खैरहनी नगरपालिका–१० लालटिन बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको, दक्षिणकाली नगरपालिका–८ केरावारीस्थित भीर, सूर्यविनायक नगरपालिका–९ नङ्खेल भाराली खोला, उदयपुर, ताप्ली गाउँपालिका–४ ज्यामिरेको बाटा, ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका–७ सिस्टिङे, जुम्लाको चन्दननाथ नगरपालिका–६ छिना गाउँको एक खाल्डोमा रहस्यमय अवस्थामा पुरुषका शव भेटिएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुनसरीको कोशी गाउँपालिका–७ यादवटोलमा शुक्रबार राति आगलागी तीनवटा घरमा आगलाली हुँदा करिब रु २४ लाख ३६ हजार बराबरको धनमाल नष्ट भएको मोरङ, विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् भने नक्कली सुनको गहना बेच्ने अर्का युवकलाई हिरासतमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव