शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति समाजद्वारा निर्वाचन मितव्ययी बनाउन आग्रह

शनिबार, ०७ फागुन २०७८, १९ : ३८
शनिबार, ०७ फागुन २०७८

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले राजनीतिक दलहरूलाई अब आउने निर्वाचन प्रविधिमैत्री र मितव्ययी बनाउन  आग्रह गर्दै अहिंसात्मक र मित्रवत प्रतिस्पर्धामा ध्यानाकर्षण गराएको छ ।
 ७२ औं प्रजातन्त्र दिवसका अवसरमा आज बुटवलमा ‘प्रविधिमैत्री, मितव्ययी, अहिंसात्मक र मित्रवत प्रतिस्पर्धात्मक निर्वाचन राष्ट्रको आवश्यकता’ बिषयक अन्तरक्रियामा समाजले निर्वाचनहरु प्रभावित हुन नहुने भन्दै दलहरूको ध्यानाकर्षण समेत गराएको छ । 
सो अवसरमा  बोल्दै लुम्बिनीका  प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले (एमसिसी) का कारण तोकिएको निर्वाचन समेत प्रभावित हुनसक्ने भन्दै दलहरु एकजुट हुनुपर्ने बताए । 
उनले अमेरिकी सहयोग परियोजनामा राजनीतिक दलहरु विभाजित हुने कुरा दुःखद भएको बताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका सदस्य विनोद पहाडीले  विगतका निर्वाचन  निकै महँगो भएको भन्दै आर्थिक रुपमा कमजोर बर्ग समुदायका व्यक्तिहरु निर्वाचन लड्न सक्ने अवस्था बनाउनु पर्ने बताए  ।

 मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्र रक्षाका लागि निर्धारित समयमै निर्वाचन हुनुपर्ने  बताए ।  नेपालमा भएका निर्वाचन कम प्रविधीमैत्री भएकोले त्यसतर्फ ध्यान दिन पनि उनले आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप