आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सूर्यविनायक नगर अस्पताल सञ्चालनमा

शनिबार, ०७ फागुन २०७८, १९ : ०२
शनिबार, ०७ फागुन २०७८

सूर्यविनायक नगर अस्पताल सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिकाले सञ्चालन गर्ने उक्त अस्पताल २५ शैयाको छ । अस्पतालको शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेवा शुभारम्भ कार्यक्रमको उद्घाटन गरेका हुन् । 

भक्तपुर इँटा टायल कारखानासँग लिएको २५ रोपनी जग्गामा निर्मित नगर अस्पतालमा आईसीयू, एचडीयू, इमर्जेन्सी सेवा, ओपिडी, जनरल वार्ड, एक्सरे लगायतको सेवा रहेको नगर प्रमुख बासुदेव थापाले जानकारी दिएका छन् ।

 
अरनिको राजमार्गसँगै जगातीमा रहेको नगर अस्पताल अक्सिजन प्लान्टसहितको सञ्चालनमा आएको हो । सांसद महेश बस्नेतको सांसद विकास कोष, बस्नेतकै पहलमा केन्द्रीय सरकारबाट आएको ७५ लाख र बाँकी सूर्यविनायक नगरपालिकाको बजेट गरी करिब रु आठ करोडको लागतमा अस्पताल सञ्चालनमा आएको हो ।

नगरपालिकाले अस्पताल सञ्चालनका लागि टेकु अस्पतालबाट अवकाशप्राप्त विशेषज्ञ डा.सागर राजभण्डारीलाई अस्पतालको निर्देशक बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप