आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

च्यासल बी डिभिजनका घटुवा

शनिबार, ०७ फागुन २०७८, १८ : ०९
शनिबार, ०७ फागुन २०७८

सहित स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग २–१ अन्तरले पराजित हुँदै च्यासल युथ क्लब रेलिगेसनमा परेको छ । यो जितसँगै फ्रेन्ड्सले भने रेलिगेसन टारेको छ । च्यासल भने १२औँ चरणमा आएर बी डिभिजन लिगमा घटुवा भएको हो । 

खेलको ३८औँ मिनेटमा कप्तान नथाजियल जर्ज गार्सियाको हेडरलाई टच दिँदै जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । ४१औँ मिनेटमा च्यासलका अभिषेक लिम्बूले जमोल एन्थोनीलाई पेनाल्टी बक्सभित्र लडाए पछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो ।  खेलको ४३औँ मिनेटमा जमोल एन्थोनीको पेनाल्टी गोलमा परिणत भएपछि फ्रेन्ड्सको दोहोरो अग्रता बनायो । 

खेलको ५६औँ मिनेटमा मोउसा अवगानाले पेनाल्टीमा सान्त्वना गोल गरे । खेलको ५४औँ मिनेटमा फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले च्यासलका फरवार्ड राजिव लोप्चनलाई पेनाल्टी बक्स भित्र फल गरेपछि च्यासलले पेनाल्टी पाएको हो । 

यसअघि खेलमा दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । खेलको पाँचौं मिनेटमा फ्रेन्ड्सका निशेन सुब्बाको सटलाई प्रदिप भण्डारीको हातमा पुगेको हो । त्यस्तै च्यासलका मोउसा अवगानाको सट बार माथिबाट बाहिरिएको थियो ।
 
हारसँगै यस सिजनका लागि च्यासल रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ । च्यासलले १२ खेलबाट ६ अंक मात्र जोडेको  छ । फ्रेण्ड्सले यस जितसँगै १० अंक जोड्दै १२औँ स्थानमा छ । 

२०७३ सालमा बी डिभिजन जितेर पहिलो पटक ए डिभिजनमा उक्लेको च्यासले २०७५ र २०७६ मा ए डिभिजन खेलेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप