शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आगो ताप्ने क्रममा शरीरमा सल्केर एक जनाको मृत्यु

शनिबार, ०७ फागुन २०७८, १८ : ०८
शनिबार, ०७ फागुन २०७८

जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । 

जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको बताए । बिहीबार दिउँसो ५ बजेतिरको समयमा मृतक रोकाया रानीजंगलमा बाख्रा चराउन गएका थिए । उनले चिसोको कारण आगो बालेर ताप्ने क्रममा शरीरमा लागोले टिपे ज्यान गएको प्रहरीले जनाएको छ ।

रोकायको शरीरमा आगो लागेर चिच्चाएपछि अन्य व्यक्तिले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । रोकायको उद्धार गरी उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । उनको उपचारको क्रममा शुक्रबार दिउँसो ३ बजे ज्यान गएको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप