बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

श्रीमान्‍को हत्या आरोपमा श्रीमती र प्रेमी पक्राउ

शनिबार, ०७ फागुन २०७८, १७ : ५१
शनिबार, ०७ फागुन २०७८

दाङमा श्रीमान्‍को हत्या गरेको आरोपमा श्रीमती र उनको प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लको राप्ती गाउँपालिका वडा नं. ३ बसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका वडा नं.३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीले आफ्नो श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नभएको भन्दै श्रीमानको खोजतलासको लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।

खोजतलास गर्ने क्रममा प्रहरीले फागुन ५ गते बेलुका ६ गढवा गाउँपालिका वडा नं. २ कोठरीको राप्ती नदीमा चौधरीको शव फेला पारेको थियो । घटना शङ्कास्पद रहेपछि प्रहरीले उमादेवीलाई सोधपुछ गर्दा मसुरियाका हनुमान चौधरीसँग अवैध प्रेम सम्बन्ध रहेको भनी श्रीमानले बेइज्जत गरेकाले हत्या गरेको स्वीकार गरेको थिइन् । योजना अनुसार हनुमानले माघ २९ गते राति लप्टेनको घरमा आएर उनलाई मुड्कीले हानेर घाँटी च्यापेर हत्या गरेको र मृत शरीर बोकेर राप्ती नदीमा फालेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप