शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भैरहवाबाट नयाँ वर्षदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले

शनिबार, ०७ फागुन २०७८, १७ : १२
शनिबार, ०७ फागुन २०७८

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ वर्षदेखि व्यावसायिक उडान भर्ने पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताएका छन् । उनले भर्खरै निर्माण सम्पन्न भएको भैरहवा विमानस्थलबाट वैशाखदेखि व्यावसायिकरूपमै अन्तर्राष्ट्रिय उडान भर्ने बताए ।

विमानस्थलको निरीक्षण गर्न भैरहवा पुगेका मन्त्री आलेले पत्रकारसँगको अन्तरक्रियात्मक कार्यक्रममा भने, ‘हामी यस विमानस्थलबाट चाँडै अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा छौँ । सम्भवतः त्यो वैशाख १ गतेदेखि सुरु हुन्छ ।’

उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यस क्षेत्रका नागरिकलाई सहज हुने समेत बताए । यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान भर्न भारतसँग सिधा हवाई मार्ग पहुँचको पहल भइरहेको उनको भनाइ छ ।

भैरहवामा भर्खरै निर्माण सम्पन्न विमानस्थल देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप समेत घट्ने छ । यस्तै, त्रिभुवन विमानस्थलको एयर ट्राफिकमा समेत गिरावट आउने सरकारी अपेक्षा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप