३५० जनामा सङ्क्रमण पुष्टि, १२ सय बढी सङ्क्रमणमुक्त
शनिबार, ०७ फागुन २०७८, १७ : ०१
देशभर थप ३५० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप १ हजार २७२ जना निको पनि भएका छन् । नेपाल कूल सङ्क्रमित मध्ये ९ लाख ५० हजार ५६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९७.४ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा हालसम्म ११ हजार ९१७ जनाले ज्यान गुमाइसकेका छन् । यता, थप ७ लाख ६९ हजार ५७६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागदहमा मोटरेबल पुलको डीपीआर, नाम्दु–मार्बु–क्षेत्रपा सडक अधुरै
-
लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो : राष्ट्रपति
-
राप्रपा अध्यक्ष लिङदेनले गरे ८९ औँ पटक रक्तदान
-
बढ्दै नेपालबाट जुस निर्यात, भारत प्रमुख गन्तव्य
-
श्याम रिमालका तीन कविता
-
हास्य कलाकार भारती सिंह अस्पताल भर्ना