सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

ह्याम्बर प्रहार गरी बाबुको हत्या

शनिबार, ०७ फागुन २०७८, १६ : ३४
शनिबार, ०७ फागुन २०७८

सभापोखरी गाउँपालिका–२ वितलवका ५० बर्षीय दलबहादुर दर्जीको आफ्नै साइँला छोराले हत्या गरेका छन् । संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार ह्याम्बरले हानेर शुक्रबार राति करिब १२ बजेतिर १७ वर्षीय छोरालो दलबहादुरको हत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरे पनि उनको नाम भने सार्वजनिक गरेको छैन । घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप