शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधि र राजनीतिकर्मी जनताप्रति उत्तरदायी हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

शनिबार, ०७ फागुन २०७८, १६ : ३०
शनिबार, ०७ फागुन २०७८

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधि र राजनीतिकर्मी मतदाता र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्। कास्कीको पोखरामा शनिबार आयोजित कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्बन्धी अन्तरक्रियाको  उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रमको आयोजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो । यसलाई विश्व स्वास्थ्य संगठनले पनि सहयोग गरेको थियो । अन्तर्क्रियामा अध्यक्ष तिमिल्सिनाले कोभिडसम्बन्धी विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने विचार व्यक्त गरे । 

अध्यक्ष तिमिल्सिनाले विश्वमा जनप्रतिनिधिले कोभिडविरुद्ध के के गरे भन्ने सन्दर्भको समीक्षा गर्दा नेपाल अगाडि रहेको दाबी पनि गरे । ‘कोभिड न्यूनीकरणमा नेपालले विश्वसामु गर्व लाग्ने ढंगले काम गरेको छ,’ उनले भने, ‘गर्नुपर्ने अझै धेरै छ। राजनीतिक परिवर्तन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा मुलुक आइपुगे पनि दलहरू बीचको खिचातानीले देश अझै अस्थिर र अन्योलमा हुनु सकारात्मक होइन।’

कार्यक्रममा सातवटै प्रदेशका सभामुख र उपसभामुख, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश संभाजिराव पाण्डवलगायतको उपस्थिति छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप