एमसीसीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : काँग्रेस उपसभापति

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गरेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसीसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताएका हुन् ।
‘एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ ।’ देशको आन्तरिक मामला भएकाले के ठीक के बेठीक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ । उपसभापति गुरुङले भने, ‘हाम्रै कारणले वैदेशिक शक्ति एमसीसीका बारेमा बोल्न थालेका हुन् की भन्ने मलाई लाग्छ ।’ नेताहरुले दिनहुँ बोली फेरिराख्ने गर्दा विदेशी निकाय सलबलाउन थालेको उनको आरोप थियो ।
उपसभापति गुरुङले न्यायालय ठीक ढङ्गबाट सञ्चालन हुनुपर्थ्यो तर त्यसो नभएको उनले बताए । एक फरक प्रसङ्गमा उनले संसद् सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । संसद् प्रतिपक्षको भएपनि विरोधका कारण बन्धक बनाउन नहुनेमा जोड दिँदै उपसभापति गुरुङले संसद्मा सरकारका काम कारवाहीका विषयमा बहस हुनुपर्ने र कानून बनाइनुपर्नेमा बन्दक बनाउनु गलत भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
-
सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने