आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पिपरा गाउँपालिकाकी उपाध्यक्ष एमालेमा प्रवेश

शनिबार, ०७ फागुन २०७८, १५ : ४२
शनिबार, ०७ फागुन २०७८

महोत्तरीको पिपरा गाउँपालिकाकी उपाध्यक्ष ननुकुमारी दास नेकपा एमालेमा  प्रवेश गरेकी छन् । शनिबार पिपरामा आयोजित अखिल नेपाल महिला संघ महोत्तरीको नगर सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष दासको अगुवाईमा तीन सय नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पूर्वमन्त्री समेत रहेकी एमाले पोलिटब्युरो सदस्य जुली महतो र पिपरा गाउँपालिकाका अध्यक्ष बिक्रम चौधरीले टिका लगाए स्वागत गरेका थिए । उपाध्यक्ष दास यसअघि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप