मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ पार्टी घोषणा गर्दै कमल थापाले भने, ‘चाहेको भए सक्थेँ, तर मैले राप्रपा फुटाइँन’

शनिबार, ०७ फागुन २०७८, २२ : ४०
शनिबार, ०७ फागुन २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएको कारण सो पार्टीलाई नफुटाएको दाबी गरेका छन् । आफ्नो नयाँ पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै थापाले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आए पनि त्यसो नगरेको बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘मलाई आज २०७६ साल फागुन २९ गतेको सम्झना भइराखेको छ । यही मञ्चबाट गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिन छैन भन्ने कसम खाएको थिएँ । गीता सनातन धर्मावलम्बीहरूको एउटा महान् ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिले फुटाउँदिन मलाई सम्झना छ । मलाई आज यो भन्दा खुसी लाग्छ कि मैले राप्रपा फुटाइँन ।’

‘मैले चाहेको भए सक्थेँ । अहिले पनि राप्रपामा हामीप्रति स्नेह राख्ने बहुसङ्ख्यक केन्द्रीय सदस्यहरू हुनुहुन्छ । वहाँहरूले विधान र कानुन बमोजिम बहुमत पुर्‍याएर पार्टी फुटाऔँ भन्ने सल्लाह दिनुभएको थियो । तर मैले पार्टी फुटाउन चाहिनँ,’ उनले भने, ‘पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्ने कुरामा म विश्वास राख्दिनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप