आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विराटनगरमा चैतमा व्यापारिक मेला आयोजना हुने

शनिबार, ०७ फागुन २०७८, १४ : ०६
शनिबार, ०७ फागुन २०७८

मोरङ व्यापार संघले आउँदो चैतमा विराटनगरमा भव्य व्यापरिक मेला आयोजना गर्ने भएको छ । व्यापार संघका अध्यक्ष नविन रिजालले मेला आयोजना गर्ने जानकारी दिएका हुन् । उनका अनुसार यस पटकको मेलामा एसी डोम राखेर कार्यक्रम गरिनेछ । बढीमा अबको डेढ महिनाभित्रमा मेला लगाउने रिजालले बताए । एसी डोम भन्नाले मेलास्थल भित्र एसी राखिने छ । जहाँ गर्मी वा जाडोको महसुस हुनेछैन । 

झण्डै ७०÷८० वटा स्टल सो स्थलभित्र राखिने व्यापार संघका बरिष्ठ उपाध्यक्ष विकासलाल बेगवानीले जानकारी दिए । उनका अनुसार एसी डोम राख्नका लागि १ करोड बढी अतिरिक्त खर्च हुनेछ ।  ‘एसी डोमले गर्मी नहुने, पानी र हावाबाट बचाउने गर्छ,’ बेगवानीले भने, ‘७० देखि ८० वटासम्म स्टलहरू त्यहाँ भित्र राखिनेछ ।’ विराटनगरको औषधि विभाग छेउको खाली जग्गामा मेला आयोजना गर्न लागिएको हो । मेलाले विराटनगरको स्तरलाई माथि उठाउने रिजालले विश्वास व्यक्त गरे ।

मोरङ व्यापार संघले नियमित जसो लगाउँदै आएको मेला ३ वर्षयता भने कोभिडका कारण लगाउन सकेको छैन । यस पटकको मेलामा नयाँ उत्पादनलाई प्रबद्र्धन गर्ने रिजालको भनाइ छ । ‘आफूले उत्पादन गरेका बस्तुहरुको ब्रान्डिङ गर्न नसक्नेलाई मेलामा प्राथमिकता दिइने छ,’ रिजालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप